बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले प्रभु वेलकम सेभिङ्स र प्रभु स्यालरी सेभिङ्स खाताहरुमा औषधोपचार र दुर्घटना बीमा सुविधा दिन थालेको छ । साउन १ गतेदेखि सुरु भएको यो सुविधाको माध्यमबाट यी दुई खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बीमा बापत तीन लाख रुपैयाँ र दुर्घटना बीमा बापत १० लाख रुपैयाँसम्मको जोखिम बैंकले वहन गर्नेछ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बीमा सुबिधाले यी दुई बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बीमा दावी गर्न सक्ने र अकल्पनीय दुर्घटनाबाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बीमा दावी गरी लाभान्वित हुने बिश्वास बैंकले लिएको छ ।