सुसन राई, बैंकिङ खबर । प्रभु लाइफइन्स्योरेन्स लिमिटेडको दोस्रोे वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आफ्नो दोस्रो साधारणसभा काठमाडौं दबारमार्ग स्थीत होटल याक एण्ड यति सम्पन्न गरेको हो ।
२०७४/०८/२८ देखि कारोबार संचालनमाआएको कम्पनीका संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालकहरुमा सुभाष अमात्य, नरेश बहादुर मल्ल, रामेश्वर सापकोटा तथा प्रभु बैंकका तर्फबाट प्रतिनिधी संचालक मनिराम पोखरेल रहेका छन् ।
साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन पारित गरेको छ साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत तथा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव समेत पारित गरेको छ ।