Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

ज्योति लाईफको बीमालेख नविकरण शुल्क भुक्तानी अब इसेवाबाट

२०७६ असार २६ गते

कोपिला भण्डारी, बैंकिङ खबर । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जारी बीमा लेखहरुको नविकरण शुल्क भुक्तानी अब इसेवाबाट नै गर्न सकिने भएको छ ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीबाट प्रदान हुने सेवालाई प्रविधिमैत्री, प्रभावकारी तथा सहज बनाउन इसेवासंग भएको सम्झौता अनरुप सफल परिक्षण पश्चात यो सेवा सुचारु गरिएको कम्पनीले जनाएको छ ।

जसबाट ज्योति लाईफका बीमितहरुले बीमालेखको नविकरण शुल्क भुक्तानी इसेवाका कुनैपनि जोन पोइन्ट तथा वीमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।