July 11th, 2019

अख्तियारको दायरामा अब सहकारीको कारोबार

के.एम. योगिता, बैंकिङ खबर । सहकारी तथा वित्तीय संस्था पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन दायराभित्र परेको छ । सहकारीमार्फत अर्बको कारोबार हुने र वित्तीय अपराधहरु पनि बढिरहेको अवस्थामा ठूलो आर्थिक कारोबार हुने ती क्षेत्रलाई पनि सरकारले अख्तियारको दायरमा ल्याएको हो । 

हाल सम्म वाणिज्य बैंकहरु मात्र अख्तियारको दायरामा राखिएको थियो । मन्त्रिपरिषद्को बैठकले अख्तियार सम्बन्धी बिधेयकलाई सैद्धान्तिक स्वीकृती दिएसंगै सहकारी तथा वित्तीय संस्था पनि आयोगको अनुसन्धान तथा छानबिन दायराभित्र परेको हो ।

यो विधेयक संसदमा पुगेर पारित भएमा सहकारी संस्थाहरुका कारोबार शंकास्पद भएमा वा उजुरी परेमा अख्तियारले छानविन गर्न पाउनेछ । सहकारीका संचालक तथा कर्मचारीहरुले सहकारीको वित्तीय नियमावली आफ्नै रहेकाले अख्तियारलाई प्रवेश नगराउन लबिङ गरिरहेका थिए ।

तर, सहकारीमा जनताको पैसा तथा सम्पत्ति कारोबार हुने भएकाले यसलाई अख्तियारको कार्यक्षेत्रमा ल्याउन आवश्यक रहेको सुझावपछि सरकारले बिधेयक अघि बढाएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]