Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मर्जर र प्राप्तीमा जाने बैंकहरुको शेयर कारोबार रोक्का

२०७६ असार २२ गते

बैंकिङ खबर । मर्जर र प्राप्तीमा जाने बैंकहरुको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मर्जरको सम्झौता गरिसकेका बैंकहरुको शेयर कारोबार रोक्का गरेको हो ।

कारोबार रोक्का हुनेमा ग्लोबल आइएमइ बैंक, जनता बैंक नेपाल र कैलाश विकास बैंक रहेका छन् । मर्जरको सम्पुर्ण प्रकृयाहरु पुरा भइसके पश्चात यी बैंकहरुको पुनः शेयर कारोबार सुचारु गरिने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जनाकारी दिए । मर्जरको प्रकृयामा रहेका र प्राप्ती हुने बंैक तथा वित्तीय संस्थाहरुले मर्जर तथा प्राप्ती सम्बन्धी सम्पुर्ण प्रकृया पु¥याएर राष्ट्र बैंकबाट लिखित स्वीकृति लिएर नेप्सेमा पेश गरे पश्चात कारोबार पुन सुचारु हुने उनले बताए ।

ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपालले गत शुक्रबार मर्जरको प्रारम्भिक सम्झौता गरेका थिए भने प्राइम कर्मसियल बैंकले पनि सोहि दिन कैलास विकास बैंकलाई प्राप्ती गर्ने सम्झौता गरेको थियो । सरकार तथा राष्ट्र बैंकले अहिले बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउन खोजिरहेको छ । नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशमा यति धेरै बैंक नचाहिने ठहर गरि सरकार तथा राष्ट्र बैंकले मर्जरको नीति लिएको हो ।

शेयर बजारको सबै भन्दा धेरै हिस्सा रहेको बैंकिङ क्षेत्रमा बिग मर्जर नीतिले बैंकको संख्या घट्ने मात्र नभएर शेयर कारोबारलाई प्रत्यक्षय रुपमा असर पारिरहेको छ । मर्जरमा जाने बैंकहरुको निश्चित समयको लागि नै भएपनि कारोबार रोक्का हुने नेप्से इनडेक्सलाई पुर्ण असर गर्ने नेपाल लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्ररेलले बताइन् । मर्जर तथा प्राप्तीको प्रकृया बैंकहरुले पु¥याउने समय सम्म शेयर कारोबार रोकिदा शेयर मुल्य घट्ने र साना लगानीहरु बजारबाट नै बिमुख हुन सक्ने उनको भनाई छ ।