Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाइफको एफपीओको सम्बन्धमा नेप्सेले बोर्डलाई दियो यस्तो स्पष्टीकरण

admin २०७३ असार २ गते
सेयर:

dhitopatraनेपाल लाइफ इन्स्योरेन्सको नयाँ शेयर निष्काशनको प्रस्तावित शेयर मुल्य सार्वजनिक भएको विषयमा नेप्सेले नेपाल धितोपत्र बोर्डलाई स्पष्टीकरण मागेको छ । नेपाल धितोपत्र बोर्डले शेयर बजारलाई नै प्रभावित पार्ने काम गरेको भन्दै नेप्से र नेपाल लाइफसँग प्रष्टीकरण माग गरेको थियो । नेप्सेले बार्डलाई धितोपत्र कारोबार नियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीबाट आएको सुचना तत्काल सम्प्रेषण गरिएको जवाफ बोर्डलाई दिएको छ ।

बिहीबार बिहान नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ प्रतिकित्ता १ सय अंकित मुल्यमा २ हजार ८ सय ५१ रुपैंया थप गरि ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ निष्काशन गर्ने कम्पनी सञ्चालक समितिले निर्णय गरेको र सम्बीन्धत निकायबाट स्वीकृत हुन बाँकी रहेको  सुचना प्रकाशित भएको थियो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।