June 28th, 2019

लगानी गर्न नेपाल पुनर्बीमा कम्पनी सुरक्षित, इक्राले दियो ग्रेड २ रेटिङ

बैंकिङ खबर । नेपाल पुनर्बीमा कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड दुई रेटिङ प्रदान गरेको छ । एक अर्ब ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्नका लागि गराएको क्रेडिट रेटिङमा कम्पनीले सबैभन्दा सुरक्षित जनाउने इक्रा एनपी आइपिओ ग्रेड २ प्राप्त गरेको हो ।

संस्थागत लगानीकर्ताका साथै नेपाल सरकारको ४४ प्रतिशत सेयर स्वामित्व रहेको कम्पनीले सेयर निष्काशनको प्रस्ताव साधारणसभाबाट पारित गरिसकेको छ । अब नेपाल धितोपत्र बोर्डमा निवेदन दिई अनुमति पाएपछि कम्पनीले सेयर निष्काशन गर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]