बैंकिङ खकर । कल डिपोजिट कम समयका अवधिका लागि निक्षेप राख्ने एक किसिमको निक्षेप खाता हो । छिनछिनमा धेरै रकमको कारोबार गर्ने व्यक्ति वा व्यवसायीका लागि यो खाता उपयोगी हुन्छ । यस्तो खातामा तत्काल धेरै रकम बचत गरिन्छ तर रकम झिकिने टुंगो हुँदैन । प्रायः व्यवसायी तथा ठूला व्यावसायिक घरानाहरूले यही खातामा बचत गर्ने गर्छन् ।
अल्पकालीन प्रकृतिको हुने भएकै कारण बैंकहरूले पनि यो खातामा केहीले धेरै त कहिले कम ब्याज दिन्छन् । यसकारण यो खाताको ब्याजदर प्रायः परिवर्तन भरहन्छ । यद्यपि, हाल बैंकले कल डिपोजिटमा साधारण बचतमा दिने ब्याजभन्दा बढी ब्याज दिन नपाइने राष्ट्र बैंकको निर्देशन छ ।