June 27th, 2019

सात वटा ब्रोकरले पाए मार्जिन कारोबार गर्ने अनुमति

बैंकिङ खबर । सात वटा ब्रोकरले मार्जिन कारोबार गर्ने अनुमति पाएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दिव्या क्रिष्टल सेक्युरीटीज(५०), कोहिनुर सेक्युरीटिज(३५), भिजन सेक्युरीटीज(३४), सेक्युर्ड सेक्युरीटीज(३६), श्रीकृष्ण सेक्युरीटीज(२८), प्राइमो सेक्युरीटीज(१६), नेपाल स्टक हाउस(१४) लाई मार्जिन कारोबारका लागि अनुमति दिएको हो । यी कम्पनीहरुले मार्जिन कारोबार गर्न राष्ट्र बैंकबाट पनि स्विकृती पाइसकेका छन् ।

कम्तीमा १० हजार सेयरधनी भएको र दुई आर्थिक वर्षमा १० प्रतिशतभन्दा बढी लाभांश, आर्थिक वर्ष सुरु भएको ६ महिना भित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनीले मार्जिन सुविधा पाउने व्यवस्था रहेको छ ।