बैंकिङ खबर । कृषि विकास बैंकले कर्जाको व्याजदर घटाएको छ । बैंकिङ बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आइरहेको अवस्थामा बैंकले साविक कर्जाको व्याजदरमा १ प्रतिशत घटाएको छ । त्यस्तै, बैंकले निक्षेपको साविक व्याजदरमा १ प्रतिशत बढाएको छ । असार ४ गते बसेको संचालक समितिको बैठकले तोकेको नयाँ दर ५ गतेदेखि नै लागू भइसकेको छ ।