Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद पारित

२०७६ असार १० गते

बैंकिङ खबर । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजीको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको मंगलबार सम्पन्न विशेष साधारणसभाले कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड ६४ लाख ३२ हजार रुपैयाँ पग्नेछ ।