Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सांग्रिला डेभलपमेन्ट बैंक र प्राईम लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

२०७६ असार ९ गते

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बीच जीवन बीमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ८५ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा प्राईम लाईफ ईन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।