June 24th, 2019

अनुमति नलिइ लगानी व्यवस्थापन गर्ने संस्था छ्याप्छ्याप्ती, बोर्ड भन्छ : यी संस्थाबाट मात्रै सेवा लिनुहास्

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले अनुमति प्राप्त नगरी लगानी व्यवस्थापन नगर्न र नगराउन निर्देशन दिएको छ । धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ५६ को उपदफा (१) मा धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले बोर्डबाट धितोपत्र व्यवसाय संचालन गर्ने अनुमतिपत्र लिनु पर्ने र उपदफा (२) मा कसैले पनि ऐन बमोजिम बोर्डबाट धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त नगरी धितोपत्र व्यवसाय गर्न पाउने छैन भन्ने स्पष्ट व्यवस्था गरिएको छ । तर, बोर्डबाट धितोपत्र व्यवसाय (लगानी व्यवस्थापन) को कार्य गर्न अनुमतिपत्र प्राप्त नगरी कतिपय संस्थाहरुले लगानी व्यवस्थापनको कार्य गरेको भन्ने गुनासो प्राप्त भएपछि बोर्डले यस्तो कार्य नगर्न निर्देशन जारी गरेको हो ।

अनुमतिपत्र प्राप्त नगरी लगानी व्यवस्थापन गर्ने कार्य गैरकानुनी भएको बोर्डको ठहर छ । अनुमति नपाएका संस्थामार्फत लगानी गर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्न सक्ने हुनाले लगानी व्यवस्थापनसम्वन्धी कार्य गर्दा उक्त संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको यकिन गरेर मात्र उक्त सेवा लिन अनुरोध गरिएको छ ।

बोर्डबाट लगानी व्यवस्थापनको कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरु निम्नानुसार छन्ः

१ श्री एनएमबि क्यापिटल लि.
२ श्री सनराईज क्यापिटल लि.
३ श्री ग्लोबल आईएमई क्यापिटल लि.
४ श्री भिवोर क्यापिटल लि.
५ श्री सिभिल क्यापिटल मार्केट लि.
६ श्री के.सी.एल. अस्ट्यूट क्यापिटल लि.
७ श्री प्रभु क्यापिटल लि.
८ श्री नविल ईन्भेष्टमेन्ट बैकिङ्ग लि.
९ श्री लक्ष्मी क्यापिटल मार्केट लि.
१० श्री एनआईबिएल एस क्यापिटल लि.
११ श्री कृति क्यापिटल एण्ड ईन्भेष्टमेन्टस् लि.
१२ श्री समृद्धि क्यापिटल लिमिटेड
१३ श्री नेशनल मर्चेन्ट बैंकर लि.
१४ श्री सिद्धार्थ क्यापिटल लि.
१५ श्री प्रोभिडेन्ट मर्चेन्ट बैंकर लि.
१६ श्री सिविआईएल क्यापिटल लि.
१७ श्री सानिमा क्यापिटल लि.
१८ श्री बि.ओ.के. क्यापिटल मार्केट लि.
१९ श्री नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.
२० श्री एनआईसी एशिया क्यापिटल लि.
२१ श्री आरबिबि मर्चेन्ट बैंकिङ लि.
२२ श्री आकाश क्यापिटल लि.
२३ श्री वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैकिङ्ग लि.
२४ श्री आर्कस क्यापिटल एडभाईजर्स लि.
२५ श्री कुमारी क्यापिटल लि.
२६ श्री नेपाल बङ्गलादेश क्यापिटल लि.
२७ श्री जनता क्यापिटल लि.
२८ श्री सेञ्चुरी क्यापिटल मार्केट्स लि.
२९ श्री मेगा क्यापिटल मार्केट्स लि.

यी बाहेकका संस्थाबाट त्यसरी गैरकानुनी रुपमा लगानी व्यवस्थापनको कार्य गरेको देखेमा बोेर्डमा खवर गरिदिन समेत बोर्डले हुन अनुरोध गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]