Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

युनाइटेड इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद जारी गर्ने, सेबोनबाट स्वीकृति पायो

२०७६ असार ९ गते

बैंकिङ खबर । युनाइटेड इन्स्योरेन्सले चुक्ता पूँजीको २४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो।

कम्पनीको हालको चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड रुपैयाँ पुग्ने छ।

कम्पनीले हकप्रद शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङमा ‘केयर एनपि आइपिओ ग्रेड चार’ पाएको छ।