June 24th, 2019

युनाइटेड इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद जारी गर्ने, सेबोनबाट स्वीकृति पायो

बैंकिङ खबर । युनाइटेड इन्स्योरेन्सले चुक्ता पूँजीको २४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो।

कम्पनीको हालको चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड रुपैयाँ पुग्ने छ।

कम्पनीले हकप्रद शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङमा ‘केयर एनपि आइपिओ ग्रेड चार’ पाएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]