Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बिमाको ४ दशक लामो इतिहास : किन समेटिएनन् ९३ प्रतिशत नेपाली ? 

admin २०७३ असार १ गते
सेयर:

insuranceनेपालमा बिमाको इतिहास करिब ४ दशक पुरानो भइसकेको छ । यद्यपि बिमा गर्नेको संख्या र यसको पहुँच विस्तारको अवस्था अझै पनि दयनिय रहेको छ । हालसम्म नेपालको कुल जनसंख्याको ७ प्रतिशत जनसंख्या मात्रै बिमाको दायरामा आएको तथ्यांक छ । बिशेषतः बिमकहरु सहर तथा सुगमकेन्द्रित हुँदा ग्रामीण तथा दुर्गम भेगका जनताले चाहेर पनि बिमाको सुविधा प्राप्त गर्न सकेका छैनन् । कतिपयलाई त बिमा के हो र यो किन गर्ने भन्ने कुराको सामान्य जानकारी समेत छैन । भुकम्पपछि भने बिमा गर्नेको संख्या बढ्ने अनुमान गरिएको छ । भुकम्पले पुर्याएको क्षतिका कारण मानिसहरु अब आफ्नो ज्यान र सम्पत्तिको सुरक्षणको विषयलाई लिएर सचेत हुने अपेक्षा गरिएको छ । बिमा गर्नेहरुले भुकम्पपछि क्षतिपूर्ति पाएको देखेपछि बिमा नगर्नेहरु पनि यसप्रति आकर्षित हुनेमा बिमकहरु आशावादी छन् ।  

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।