June 18th, 2019

लघुवित्त मर्जरमा तिव्रता : एकसय लघुवित्त ३ दर्जनमै सिमित हुने संकेत

बैंकिङ खबर । कुल ९१ वटा लघुवित्त वित्तीय संस्था संचालनमा रहेकोमा मर्जरबाट ठूलो संख्या कटौती हुने संकेत देखिएको छ । कार्यक्षेत्र विस्तार गर्न र चुक्तापुँजी बढाउनका लागि लघुवित्तहरु धमाधम मर्जरको सम्झौता गरिरहेका छन् ।

राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले पनि लघुवित्तहरुलाई जतिसम्दो चाँडो मर्जरमा जान निर्देशन दिइरहेको छ । मौद्रिक नीति आउनुभन्दा अघि नै मर्जरका लागि प्रक्रिया अघि बढाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । लघुवित्तहरुमा भएको डुप्लिकेशन र विकृति हटाउनका राष्ट्र बैंकले लघुवित्तको मर्जरमा जोड दिएको हो ।

मर्जरमा जान लागेका लघुवित्तहरु
साधना लघुवित्त र आर्थिक समृद्धि लघुवित्तले गाभिने प्रस्ताव साधारणसभााट पारित गरिसकेका छन् । एनआरएन लघुवित्तसँग रामारोशन लघुवित्त र क्रिएटिभ माइक्रोफाइनान्सले मर्जरका लागि नेपाल राष्ट्र बैंकको सैद्धान्तिम सहमति प्राप्त गरिसकेका छन् ।

त्यस्तै, किसान माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स र नागबेली लघुवित्त पनि गाभिँदै छन् । त्यस्तै, वोमी माइक्रोफाइनान्स र नागरिक लघुवित्त पनि गाभिँदै छन् । जनसेवी लघुवित्त र कालिका माइक्रोफाइनान्स पनि गाभिन लागेका छन् ।

यसरी, १४ वटा लघुवित्त वित्तीय संस्था मर्जर तथा एक्विजिसनमार्फत ६ वटामा कायम हुन लागेका छन् । अन्य केही लघुवित्तहरु पनि मर्जरका जानका लागि उपयुक्त संस्थाको खोजीमा रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]