June 17th, 2019

ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ई सेवा बिच सम्झौता

 

बैंकिङ खबर । ज्योति लाइफ इन्स्योरेन्स् कम्पनी लिमिटेड र ई सेवा बीच अनलाइन भुक्तानी सम्बन्धि सम्झौता भएको छ । आफ्ना ग्राहकहरुको सुविधालाई मध्य नजर गर्दै इन्स्योरेन्स् कम्पनीबाट प्रदानहुने सेवालाई प्रविधि मैत्री बनाइ अझ प्रभावकारी तथा सहज सेवा पु¥याउने उद्देश्यले अनलाइन भुक्तानी सम्झौता भएको हो । सम्झौतापत्रमा ज्योतीलाईफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्री र इसेवा फोन पे प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै ज्योतिलाईफबाट जारी गरिएका सबै बीमा लेखहरुको नविकरण शुल्क भुक्तानी ई सेवाका कुनै पनि जोन पोइन्ट तथा बीमित आफैले पनि आफ्नो ई सेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट गर्न सक्नेछन् । सम्झौता संगै हाल परिक्षणको कार्य भैरहेकोले सफल परिक्षण पश्चात छिटै नै सेवाग्राहीले यो सेवा उपयोग गर्न सक्ने जनाइएको छ ।

हाल मुलुकभर इसेवाका ५० हजार बढि जोन पोइन्ट रहेका छन् । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुलीतथाखानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइ जहाज, बसको टिकट, स्कुलकलेजको शुल्क लगायतका २५०० भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]