June 17th, 2019

राष्ट्रिय वाणिज्य बैंकले कस्ता व्यवसायमा दिन्छ सहुलियतपुर्ण कर्जा ?

बैंकिङ खबर । वाणिज्य बैंकले देशभर रहेका २ सय १८ वटा शाखा कार्यलय मार्फत विभिन्न सातवटा शिर्षकमा अधिकतम ५ करोड रुपैयाँ सम्म सहुलियत कर्जा वितरण गरिरहेको छ । बैंकले महिला उद्यमशीलता कर्जा, व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, दलित समुदाय व्यवसाय कर्जा, उच्च र प्राविधिक व्यवसायिक शिक्षा कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा र भुकम्प पिडितको निजी आवास निर्माण कर्जा वितरण गरेको हो ।

कर्जा उपलब्ध हुने क्षेत्रहरु
तरकारी तथा विउविजन उत्पादन, बनजन्य पुष्प तथा वागवानी ब्यवसाय, पशुपन्छी पालन, फलफुल तथा दुग्धजन्य पदार्थको उत्पादन तथा प्रशोधन, मत्स्य पालन, च्याउ उत्पालन, मासुजन्य उत्पादन, जडीबुटि उत्पादन, कफि ,चिया अलैचि लगायतका नगदेवालीको उत्पादन, मौरीपालन खाद्यान्न वालीको उत्पादन, प्राङ्गारीक तथा जैविक मल, पशुपन्छीजन्य दाना, कपास, उन तथा रेसम खेति र उनजन्य बस्तुको उत्पादन तथा यि सम्पुर्ण बस्तुको प्रशोधन तथा विक्री वितरणको लागि ब्यवसायिक कृषि तथा पशुपन्छीमा गरिने व्यवसायमा कर्जा लिन सकिन्छ ।

त्यस्तै कृषि ब्यवसाय अन्तरगतको कृषिजन्य वस्तुको उत्पादन, प्रशोधन, भण्डारण, तथा विक्रि वितरण पशुपन्छी पालन, सिंचाई तथा सिंचाई उपकरणको क्षेत्रमा, कृषि औजार तथा संयन्त्रको क्षेत्रमा, वन विकास तथा चरन विकासको क्षेत्रमा तथा जग्गा विकास र भु–संरक्षणको क्षेत्रको क्षेत्रमा शिक्षित यूवा स्वरोजगार कर्जा पाउन सकिन्छ । यसका अलवा उद्योग, सेवा ब्यवसायको साथै सुचना प्रविधि खुद्रा पसल लगायतका क्षेत्रमा पनि शिक्षित यूवा स्वरोजगार कर्जा लिन सकिन्छ ।

परम्परागत बाजा, सिलाई बुनाई र तालिम तथा सिलाई मेसिन खरिद, परम्परागत आयआर्जनका पेशाहरु, फलामजन्य वस्तुको खरिदविक्री, जुत्ता चप्लको लागि आवश्यक कच्चा पदार्थ परम्परागत सुनचाँदीका गरगहना सरसफाइका लागि चाहिने सामानहरु खरिद गर्न, पुख्यौली पेसालाई निरन्तरता दिने चाहिने कच्चा पदार्थ खरिद गर्नको लागि दलित समुदाय ब्यवसाय विकास कर्जा पाउन सकिन्छ ।

आर्थिक रुपमा विपन्न सिमान्तकृत समुदाय तथा लक्षित बर्गका विद्यार्थिहरुले नेपाल सरकारले तोकेको विषयमा उच्च शिक्षा अध्यन गर्न, स्वास्थ्यसँग सम्बन्धित विषयहरु अध्यन गर्न, इन्जिनियरसँग सम्बन्धित विषयहरु अध्ययन गर्न, पशुविज्ञानसँग सम्बन्धित विषयहरु अध्ययन गर्न, कषि विज्ञानसँग सम्बन्धित विषयहरु अध्ययन गर्न र अन्य प्राविधिक विषयहरु अध्ययन गर्न उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जा पाउन सकिन्छ ।

महिला उद्यमशीलता कर्जामा बैंकको आधार ब्याजदरमा २ प्रतिशत प्रमियम थप गर्दा हुन आउने ब्याजदरमा नेपाल सरकारबाट आउने ६ प्रतिशत सम्म ब्याज अनुदानको ब्यवस्था छ भने अन्यमा ५ प्रतिशत अनुदान पाइन्छ । कर्जाको अवधि अधिकतम ५ बर्षको रहने छ ।

हालसम्म राष्ट्रिय वाणिज्य बैंकले १८ जनालाई सहुलियत कर्जा प्रदान गरेको बैंकले जनाएको छ । कागजात पुरा गरेको २१ दिन भित्रमा नै ऋण पाउन सकिने पनि बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]