एकैसाथ जनता बैंकका ६ शाखा विस्तार, कहाँ कहाँ खुल्यो ?

बैंकिङ खबर । जनता बैंकले काठमाडौँ उपत्यकाभिर ३ र बाहिर ३ गरी एकैसाथ छ शाखा संचालनमा ल्याएको छ । बैंकले उपत्यकाभित्र नयाँ ठिमी, पाटनर किर्तिपुरमा शाखा खोलेको छ । यसबाहेक, पाँचथरको फिदिम, रामेछापको मन्थली र तनहुँको डुम्रेमा पनि शाखा विस्तार गरेको छ ।

मन्थली शाखाको मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेत, फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग र डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले उद्घाटन गरे । त्यस्तै, पाटन शाखाको बैंकका संचालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालकसंजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृतसुजित कुमार शाक्यले उद्घाटन गरे ।

यससँगै बैंकको शाखा संद्यख्या १३५ पुगेको छ । नयाँ खोलिएका शाखाहरुबाट ति क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा उपलब्ध गराउने बैंकले जनाएको छ ।

यसै बिच तनहुँको डुमेमा बैंकले बृहत निःशुल्क स्वास्थ्य शिविर पनि सम्पन्न गरेको छ । स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *