June 11th, 2019

जनरल इन्स्योरेन्स र सिद्धार्थ बैंक बीच सम्झौता

बैंकिङ खबर । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र सिद्धार्थ बैंक लिमिटेड बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै अब बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]