June 11th, 2019

ज्योति लाईफ इन्स्योरेन्स र काठमाडौं ग्रुप अफ होटल्स बीच सेवा सम्झौता

बैंकिङ खबर । ज्योति लाइफ इन्स्योरेन्सले काठमाडौं ग्रुप अफ होटल्ससँग होटल तथा रिसोर्ट सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता गरेको छ ।

सम्झौता अनुसार, ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले काठमाडौं ग्रुप अफ होटल्सको सञ्जाल भित्र आबद्ध भएका देशका विभिन्न स्थानमा रहेका ७ वटा होटल तथा रिसोर्टमा उपलब्ध हुने फुड एण्ड वेभरेज तथा अन्य होटल सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

यस सम्झौताले कम्पनीसँग आबद्ध सम्पूर्ण ग्राहक काठमाडौं ग्रुप अफ होटल्स अन्तर्गतका काठमाडौं गेष्ट हाउस (ठमेल), माया मनोर बुटिक होटल (हात्तिसार), पार्क भिलेज रिसोर्ट (बुढानिल्कण्ठ), वाटर फ्रन्ट रिसोर्ट (पोखरा), हिमालय फ्रन्ट रिसोर्ट (सराङकोट), बुद्धमाया गार्डेन होटल (लुम्बिनी) र मारुनी स्यानचुरी लज (चितवन)मा प्राप्त हुने सेवा सुविधाहरुबाट लाभान्वित हुने विश्वास लिइएको छ ।

सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र काठमाडौं ग्रुप अफ होटल्सका प्रबन्ध निर्देशक दिवकर राजकर्णिकरले हस्ताक्षर गरेका थिए ।