June 11th, 2019

लक्ष्मी बैंकले १० वर्षे ऋणपत्र जारी गर्ने, व्याजदर कति ?

बैंकिङ खबर । लक्ष्मी बैंक लिमिटेडले १० वर्षे अवधिको ‘१० लक्ष्मी बैंक डिबेन्चर २०८६’ जारी गर्ने भएको छ । २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नेका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बैंकले बाँकी १२ लाख इकाई भने अरु संघसंस्थालाई बिक्री गर्नेछ ।

उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङले गर्नेछ । सो ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ दिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]