सात वर्षे ऋणपत्र जारी गर्दै सिद्धार्थ बैंक, व्याज कति पाइन्छ ?

बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडले ७ वर्ष अवधिको ‘१०.२५ प्रतिशत सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

बैंकले जारी गर्न लागेको कुल ऋणपत्रमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

उक्त ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटले गर्नेछ । यो ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *