June 10th, 2019

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ बचत खाता योजना : बचत पनि बीमा पनि

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ बचत खाता योजना ल्याएको छ । “बचत पनि बीमा पनि” नामक यस योजना अन्तर्गत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी तीन नयाँ बचत खाताहरु रहेका छन् ।

यस योजना अनुसार खाताहरु खोल्ने ग्राहकलाई १६ लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरिएको छ । खाताको प्रकृति हेरी दुर्घटना बीमा, औषधि उपचार बीमा तथा घातक रोगको उपचार बीमा सम्बन्धी सुविधाहरु रहेको बैंकले जनाएको छ ।

यो खाता खोल्दा ग्राहकले मासिक सात प्रतिशत व्याज पाउनेछन् भने न्युनतम मौज्दात सरलमा पाँच हजार, रजतमा १५ हजार तथा स्वर्णिममा २५ हजार रहेका छन् । यो योजनाअन्तर्गत खाता खोल्ने ग्राहकहरुले लकर सुविधामा विषेश छुट, निःशुल्क एबिबिएस तथा एटिएम भिसा कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा १ वर्षको लागि निःशुल्क सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकको हाल संचालनमा रहेका कुनै पनि शाखामा गएर खाता खोल्न सकिनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]