June 10th, 2019

असार १२ देखि जनउत्थान लघुवित्तको हकप्रद, कसले पाउँछ किन्न ?

बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले असार १२ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

संस्थाले निष्काशन गरेको हकप्रद असार १ गतेसम्म कायम शेयरधनीहरुले पाउने छन्। उनीहरुले साउन १५ गतेसम्म हकप्रदका लागि आवदेन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। जनउत्थानका केन्द्रीय तथा शाखा कार्यालयहरुबाट, सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल र आस्वा प्रणालीबाट आवेदन दिन पाइनेछ।

संस्थाको हालको चुक्ता पूँजी दुई करोड ८८ लाख रुपैयाँ रहेको छ। सत् प्रतिशत हकप्रद शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी ५ करोड ५६ लाख रुपैयाँ पुग्ने छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]