Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गाभिए साधना र आर्थिक समृद्धि लघुवित्त, स्वाप रेसियो कति ?

२०७६ जेष्ठ २६ गते

बैंकिङ खबर । गोरखाको साधना लघुवित्त र तनहुँको आर्थिक सम्मृद्धि लघुवित्तले एक आपसमा गाभिने प्रस्ताव पारित गरेका छन् । साधना लघुवित्तले विषेश साधारणसभामार्फत आर्थिक सम्मृद्धि लघुवित्तलाई १००ः८० शेयर स्वाप रेसियोमा प्राप्ति गर्ने विषेश प्रस्ताव पारित गरेको छ । आर्थिक समृद्धिलाई गाभेपछि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि साधनाले पारित गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनपश्चात यो लघुवित्त क्षेत्रकै पहिलो एक्विजिसन हो । यसलाई सफलतापूर्वक सम्पन्न गरी आगामी दिनमा अन्य लघुवित्तसँग समेत मर्जर तथा प्राप्ती सम्बन्धमा छलफल गर्ने र सबल वित्तीय संस्थाको रुपमा स्थापित हुने लक्ष्य लघुवित्तले लिएको छ । यो एक्विजिसनपछि कार्यक्षेत्र १० जिल्लाबाट बढाएर राष्ट्रिय स्तरको बनाउने लघुवित्तले जनाएको छ ।

Ad