बैंकिङ खबर । स्याङ्जाको वालिङमा सुरु भएको बैंकिङ तथा बीमा एक्स्पोमा पहिलो दिन आकर्षक सहभागिता देखिएको छ । वित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु भएको एक्स्पो मिडिया ईन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैकको प्रवद्र्धन, बीमा समितिको सहकार्य र वालिङ उद्योग बाणिज्य संघको सहकार्यमा सुरु भएको छ । दुई दिनसम्म चल्ने एक्स्पोमा उद्यमशीलताको बारेमा बहस, बित्तीय साक्षरता सम्वन्धी विशेष अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
एक्स्पोको पहिलो दिनका केही झलकहरु यहाँ प्रस्तुत गरिन्छः















