June 6th, 2019

नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

बैंकिङ खबर । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बिहीबार राजधानीमा आयोजित विश्वबैंकको कार्यक्रममा नेपाल डेभलमपेन्ट अपडेट सार्वजनिक गर्दैै विश्व बैंकले संशोधित प्रक्षेपण गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका थिए । विश्व बैंकले मूल्यवृद्धि भने ४.१ प्रतिशत हुने अनुमान गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]