Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आईपिओ निष्काशनका लागि १३ कम्पनी पाइपलाइनमा

admin २०७६ जेष्ठ २३ गते
सेयर:

बैंकिङ खबर । साधारण सेयर निष्काशनका लागि १३ कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दुई अर्ब छ करोड ८० लाख ३६ हजार रुपैयाँ बराबरको दुई करोड छ लाख ८० हजार तीन सय ६० कित्ता सेयर पाइपलाइनमा रहेको छ । पाइपलाइनमा रहेका कुल १३ कम्पनीमध्ये, ९ जलविद्युत् कम्पनी, तीन माइक्रोफाइनान्स र एउटा मर्चेन्ट बैंकर रहेका छन् ।

पाइपलाईनमा रहेका कम्पनीहरु
ग्रिनलाइफ हाइड्रोपावर कम्पनी : ३४ लाख ९६ हजार चार सय कित्ता
लिबर्टी इनर्जी कम्पनी : ३७ लाख ५० हजार लाख कित्ता
शुभम पावर : पाँच लाख ८० हजार पाँच सय ८० कित्ता
शिव श्री हाइड्रोपार : ३३ लाख ५१ हजार एक सय ४० कित्ता
मैलुङ खोला जलविद्युत् कम्पनी : सात लाख ३६ हजार दुई सय ८६ कित्ता
माउन्टेन इनर्जी नेपाल : ३९ लाख ३६ हजार ५४ कित्ता
गर्जाङ उपत्यका हाइड्रोपावर : दुई लाख कित्ता
लाफिङ बुद्ध पावर नेपाल : नौ लाख ७८ हजार कित्ता
सीईडीबी हाइड्रो फन्ड : २२ लाख ८९ हजार तीन सय कित्ता

घोडिघोडा लघुवित्त वित्तीय संस्था : एक लाख ३२ हजार छ सय कित्ता
सबैको लघुवित्त वित्तीय संस्था : पाँच लाख ३० हजार कित्ता
आँधिखोला लघुवित्त वित्तीय संस्था : चार लाख कित्ता

सीबीआईएल क्यापिटल : तीन लाख कित्ता

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।