June 4th, 2019

प्रभु इन्स्योरेन्स र बि. एण्ड सि. हस्पिटलबीच नगदरहित सेवासम्बन्धी सम्झौता

बैंकिङ खबर । प्रभु इन्स्योरेन्स लिमिटेड र बि. एण्ड सि.मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बिच नगद रहित सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र हस्पिटलको तर्फबाट कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट सवारी साधन बीमा गराउने ग्राहकहरुले सवारी साधन दुर्घटनाको कारण यात्रु तथा तेश्रो पक्ष घाईते भई तथा औषधोपचार बीमा गराउने ग्राहकले बिरामी भई बि. एण्ड सि.मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभए तापनि बीमालेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]