Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

स्याङ्जाको वालिङमा ‘बैंकिङ तथा बीमा एक्स्पो’ हुँदै

२०७६ जेष्ठ २१ गते

बैंकिङ खबर । स्याङ्जाको वालिङमा बैंकिङ तथा बीमा एक्स्पो हुने भएको छ । वित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गत आगामी जेष्ठ २४ र २५ गते वालिङमा एक्स्पो आयोजना गर्न लागिएको हो ।मिडिया ईन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैकको प्रवद्र्धन, बीमा समितिको सहकार्य र वालिङ उद्योग बाणिज्य संघको सहकार्यमा हुने एक्स्पोमा उद्यमशीलताको बारेमा बहस, बित्तीय साक्षरता सम्वन्धी विशेष अन्तरक्रिया गरिने बताईएको छ ।

ग्रामिण अर्थतन्त्रको विकास, लघु उद्यमशीलतालाई प्रभावकारी बनाउने उद्देश्यका साथ राष्ट्र बैकको योजना अनुशार कार्यक्रम गर्न लागिएको बित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले जानकारी दिए । उनले बीमामा पहुँच अभिवृद्धि, हुण्डीको न्युनीकरण, उद्यमशीलताको विकास, ग्रामिण अर्थतन्त्रको चलायमानमा एक्स्पोले महत्वपूर्ण योगदान दिने बताए ।

वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले अब आर्थिक समृद्धिको मात्रै भविष्य रहेको बताए । आर्थिक एजेन्डा सबैको पहिलो प्राथमिकतामा रहनु पर्ने भन्दै दोहोरो अंकको व्याजदरले व्यवशायी मारमा परेको बताए । उनले भने, ‘एक अंकको व्याजदरले मात्रै व्यवसाय फस्टाउन सक्छ ।’ गरिमा विकास वैकका पूर्व अध्यक्ष समेत रहेका खाँणले बैक तथा बित्तीय संस्थाको व्याजदर कम गर्नु पर्नेमा जोड दिए ।

प्रमुख खाँणले वालिङ नगरपालिकाले आगामी आर्थिक बर्षमा ५ वटा औद्योगीक क्षेत्रको स्थापना गर्न लागेको जानकारी दिँदै ३ वटा ठुला र २ वटा साना औद्योगीक ग्राम बनाई वालिङमा विभिन्न खाले उद्योगहरु सञ्चालमा ल्याईने समेत जानकारी दिए ।

त्यस्तै, वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले वालिङको आर्थिक विकासका लागि एक्स्पो सफल हुने धारणा राखे ।

वालिङ उद्योग बाणिज्य संघको सिटिहलमा आयोजना हुने एक्स्पोको उद्घाटन जेठ २४ गते नेपाल राष्ट्र बैकका गभर्नर चिरंजीबि नेपालले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Ad