June 3rd, 2019

एलआईसी नेपालको डेपुटी सीईओमा टी. बर्णवाल नियुक्त

बैंकिङ खबर । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा टी. बर्णवाल नियुक्त भएका छन् । कम्पनीले जेठ २० गतेदेखि लागू हुने गरी उनलाई डेपुटी सीईओ नियुक्त गरेको हो ।

आफ्नो कार्यकाल पूरा गरी अभिजित घोष दस्तिदार एलआईसी अफ इण्डियाको प्रधान कार्यालय मुम्बई सरुवा भएपछि सो रिक्त पदमा बर्णवाललाई नियुक्त गरिएको हो ।

बि.कम.(अनर्स) र चार्टड एकाउन्टेन्टको अध्ययन पुरा गरेका बर्णवाल नेपाल आउनु अघि एलआईसी अफ इण्डियाको डिभिजन म्यानेजरको पदमा कार्यरत थिए । उनले एलआईसी अफ इण्डियामा सन् १९९८ मा अधिकृतस्तरबाट आफ्नो सेवा प्रारम्भ गरी वित्त तथा लेखा, प्रशासन र मार्केटिङ विभागहरुमा २१ वर्षको कार्यानुभव संगालेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]