बैंकिङ खबर । ज्योति लाइफ इन्स्योरेन्सले कैलालीको माया मेट्रो अस्पताल र भरतपुरको चितवन मेडिकल कलेजसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा छुट्टाछुट्टै सम्झौता गरेको छ । सम्झौता पश्चात कम्पनीसँग आबद्ध चितवन तथा धनगढी लगायत आसपास क्षेत्रका सर्वसाधारण लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ ।
उक्त अलग अलग सम्झौताहरुमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री, माया मेट्रो अस्पतालको तर्फबाट मेडिकल डाईरेक्टर डा. मोहन साउद र चितवन मेडिकल कलेजको तर्फबाट मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले हस्ताक्षर गरेका थिए ।


