बैंकिङ खबर । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले सानिमा क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ६३ लाख कित्ता प्राथमिक सेयर निष्काशनका लागि सानिमालाई विक्री प्रबन्धक नियुक्त गरेको हो ।
विक्री प्रबन्धक नियुक्त गर्नेसम्बन्धी सम्झौतापत्रमा रिलायन्सका सीईओ प्रवीण रमण पराजुली र सानिमाका सीईओ मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।


