बैंकिङ खबर । एनआईबिएल सहभागिता फण्डको निष्काशन सुरु भएको छ । नेपाल कै पहिलो खुलामुखी सामुहिक लगानी कोषको रुपमा एनआईबिएल एस क्यापिटलले २० करोड रुपैयाँ बराबरको दुई करोड इकाई बिक्रीमा ल्याएको हो ।
दुई करोड इकाईमध्ये बिज पूँजी वापत १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र ६५ लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित राखिएको छ । बाँकी एक करोड २५ लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले प्रति इकाई १० रुपैयाँ दरले न्यूनतम १०० इकाईको र अधिकतम दुई लाख ५० हजार इकाईका लागि आवेदन गर्न सकिन्छ । निष्काशन छिटोमा जेठ २१ गते र ढिलोमा असार १६ गतेसम्म खुला रहनेछ ।
सम्पूर्ण सिआस्वा सदस्यस्ता प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट पनि अनलाईन मार्फत पनि आवेदन गर्न सकिनेछ ।
खुलामुखी भएकाले यो योजनामा बन्दमुखीमा जस्तो निश्चित समयमा लगानी परिपक्व हुने भन्ने हुँदैन । यो निरन्तर संचालन भइरहन्छ र जुनसुकै समयमा पैसा फिर्ता लिन सक्ने सुविधा यस योजनामा रहन्छ ।