Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एलआईसी नेपालका सेयरधनीलाई ७० प्रतिशत लाभांश

२०७६ जेष्ठ १५ गते

बैंकिङ खबर । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापुँजी एक अर्ब ४९ करोड ४८ लाख ३८ हजार आठ सय रुपैयाँको ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।

प्रस्तावित लाभांशमध्ये, ३४.४६२६५९१२% बोनस शेयर र ३५.५३७३४०८८% नगद लाभांश हुनेछ । उक्त निर्णय बीमा समितिको स्वीकृति र आगामी बस्ने बीमकको १७औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात वितरण गरिनेछ ।