Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गरिमा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

२०७६ जेष्ठ ९ गते

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । बिहीबार आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार, गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।

काठमाडौँ उपत्यकामा ८ वटा शाखा कार्यालयसहित गरिमाले देशभर ७६ शाखा र ३३ वटा एटीएम मार्फत सेवा दिइरहेको छ । बैंकले छिट्टै नै देशका थप १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ ।