Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बढ्यो स्वस्थ्य बीमाको आकर्षण, एउटै जिल्लामा १७ हजारको स्वास्थ्य बीमा

२०७६ जेष्ठ ८ गते

बैंकिङ खबर । स्वास्थ्य बीमाप्रति नेपाली जनताको आकर्षण बढ्न थालेको छ । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षाका लागि सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्यढ बीमा गराउनेको संख्या आकर्षक रुपमा बढ्न थालेको छ ।

एउटै जिल्लामा हजारौँले बीमा गराएका छन् । खोटाङ जिल्लामा मात्रै १७ हजार भन्दा बढीले स्वास्थ्य बीमा गराएका छन् । २०७४ साल पुस २४ गतेदेखि स्वास्थ्य बीमा सुरु गरिएको कार्यक्रमअन्तर्गत खोटाङमा २०७६ वैशाख १३ गतेसम्म १७ हजार भन्दा बढीले बीमा गराएका छन् ।

यस कार्यक्रमअन्तर्गत पाँच जनासम्मको परिवारले वार्षिक २५ सयको स्वास्थ्य बीमा गरेपछि बिरामी परेका समयमा वार्षिक ५० हजार रूपैयाँसम्मको स्वास्थ्य उपचार सेवा पाउँछन् । पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले स्वास्थ्य बीमा गर्न थप प्रतिव्यक्ति ४५० रूपैयाँका दरले शुल्क बुझाउनुपर्छ भने उपचार खर्च पनि ५० हजारमा प्रतिव्यक्ति थप १० हजारका दरले बढी सेवा पाउँछन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७२ चैत २५ देखि कैलाली बाटै यो कार्यक्रम सुरु गरेको थियो ।