बैंकिङ खबर । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको संचालक समितिको अध्यक्षमा एम.आर. कुमार चयन भएका छन् । कम्पनीको संचालक समिति बैठकले जेठ २ गतेदेखि लागू हुने गरी कुमारलाई अध्यक्ष चयन गरेको हो ।
यसअघि हेमन्त भार्गवले कम्पनीको संचालक समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
नवनियुक्त अध्यक्ष कुमार एलआईसी अफ इण्डियाको बर्तमान अध्यक्ष हुन् । एलआईसी अफ इण्डियाको अध्यक्ष नै एलआईसी नेपालमा पनि संचालक समितिको अध्यक्ष रहने परिपाटी रहेको छ ।
एम.आर. कुमारस“ग ३६ बर्षभन्दा बढी लामो जीवन बीमा क्षेत्रको अनुभव रहेको छ । उनले एल.आई.सी. अफ इण्डियामा सन् १९८३ मा अधिकृतस्तरबाट सेवा शुरु गरेका थिए ।


