May 19th, 2019

नेपाल क्लियरिङ्ग हाउसको नयाँ अफर : ‘कनेक्ट गर्नुहोस् रु १०० पाउनुहोस्’

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आईपिएस ईपेमेन्ट प्रणालीका नयाँ ग्राहकहरुका लागि “कनेक्ट गर्नुहोस् रु १०० पाउनुहोस्” अफर सार्वजनिक गरेको छ । जेठ १ गतेदेखि सुरु भएको यस अफर अन्तर्गत कनेक्ट आईपिएस प्रणालीमा आबद्ध हुने नयाँ ग्राहकले सोही खातामा रु १०० सम्म पाउन सक्नेछन् ।

कनेक्ट आईपिएसको कुनै पनि नयाँ ग्राहकले आफूलाई एकपटक आवद्ध गराई युजर आईडी बनाएपछि मोवाईल र इमेल भेरिफाई गराई रु ३० को लागि योग्य हुन सक्नेछन् भने कुनै पनि सदस्य बैंकमा रहेको आफ्नो खातामा उक्त युजर आवद्ध गराई थप रु ७० को लागि योग्य हुन सक्नेछन् । सिमित अवधिका लागि मात्र लागू हुने यो अफर एक युजरमा लिंक गरिएको पहिलो बैंक खाताको लागि मात्र मान्य हुनेछ । ग्राहकले www.connectips.com वा यसको मोबाईल एप्समा गई युजर बनाउन सक्नेछन् ।

हाल यस प्रणाली मार्फत् नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायत अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । उक्त प्रणाली सेवा प्रदायकहरुको पोर्टलमा पेमेन्ट प्रोसेसरको (गेटवे) रुपमा समेत जडान गरिएको छ ।

यस प्रणालीमा हाल सम्म ५५ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हाल सम्म ४७ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् । हाल कनेक्ट आईपिएसमा अनलाईन मार्फत् प्रति कारोबार रु. १ लाख सम्म र मोबाईल एप्स मार्फत् प्रति कारोबार रु. ५ हजार सम्मको भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]