May 19th, 2019

ज्योति लाइफ इन्स्योरेन्सको नयाँ योजना : ३५ घातक रोगविरुद्ध ५० लाखसम्म आर्थिक सुरक्षा

बैंकिङ खबर । ज्योति लाइफ इन्स्योरेन्सले हालसम्मकै सर्वाधिक रोगहरु समेटी ३५ वटा घातक रोग विरुद्ध रु ५० लाख सम्मको आर्थिक सुरक्षा योजना जारी गरेको छ । ११ वटा घातक रोग विरुद्ध उपचारको लागि रु १० लाखसम्मको आर्थिक सुरक्षा सहित जीवन बीमा क्षेत्रमा एउटा नौलो आयाम सुरु गरेको कम्पनीले योजनाको लोकप्रियता तथा बीमितहरुलाइ अझ बढी जोखिम बहन सहित थप आर्थिक सुरक्षा प्रदान गर्ने नेपालकै पहिलो कम्पनीको रुपमा उक्त योजना सार्वजनिक गरेको हो ।

कम्पनीले प्रचलनमा ल्याएको जीबन बीमा योजनाहरुसंग ऐच्छिक सुविधा स्वरुप लिइ लाभ लिन सकिनेछ । यस योजना अन्तर्गत बीमालेख खरिद गर्ने कुनै पनि बीमितले आर्थिक अभावमा मृत्युवरण र उपचार खर्च वापत घरबार समाप्त हुने जोखिमको अन्त्य हुने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले कुनै पनि नेपालीको घातक रोगको कारण समयमा उपचार हुनै नपाई अकालमा हुने मृत्युबाट बचाउने र उपचार खर्चको बोझको कारण घरबार समाप्त भई भविष्यका सन्ततिहरुलाई समेत समस्या नपरोस् भनेर ज्योति लाईफले पुर्ण आर्थिक सुरक्षा सहितको यो योजना ल्याएको जानकारी गराए ।

कार्यक्रममा विशेष अतिथिहरु डा. कर्ण शाक्य र डा. सुदिप श्रेष्ठले घातक रोग विरुद्ध ज्योति लाईफले जारी गरेको योजनाको प्रशंसा गर्दै यो योजना अत्यन्त राम्रो र जनहितको लागि आवश्यक भएको बताए । कम्पनीका व्यवसायिक सद्भावनादुत राजेश हमालले घातक रोग विरुद्ध आर्थिक सुरक्षाको लागि यो योजना अत्यन्त प्रभावकारी हुने विश्वास व्यक्त गर्दै घातक रोग विरुद्ध लड्न इच्छा शक्ति, आर्थिक तयारि र उत्कृष्ट उपचार आवश्यक पर्ने बताए ।

संचालक समितिका अध्यक्ष नन्द किशोर शर्माले कम्पनीले शुरुवातदेखि नै सबै नेपालीहरुलाइ जीवन बीमा मार्फत आर्थिक सुरक्षा तथा सुनिश्चत भविष्यको लागि विभिन्न नयाँ नयाँ योजनाहरु जारी गर्दै संचालनको छोटो अवधिमा उल्लेख्य उपलब्धी हासिल गर्न सफल भएको जानकारी गराए । आगामी दिनमा अझ आकर्षक तथा प्रतिफलमुलक बीमा योजनाहरु जारी गर्दै कम्पनीलाइ अग्रस्थानमा उभ्याउन आवश्यक कार्यहरु गर्दै जाने प्रतिबद्धता उनले व्यक्त गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]