May 18th, 2019

वैदेशिक रोजगार व्यवसायीले मागे बैंक धरौटीको व्याज, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

बैंकिङ खबर । वैदेशिक रोजगार व्यवसायीले सरकारलाई बुझाएको बैंक धरौटीको ब्याज नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सरकारलाई पाँच बुँदे माग राखेको जानकारी दिँदै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङलले आगामी १६ जेठसम्ममा आफ्नो माग पूरा गर्न आग्रह गरे । आफूहरूको माग पूरा नभए १७ जेठदेखि व्यवसाय नै ठप्प पारेर आन्दोलन गर्ने उनको भनाई छ ।

व्यवसायीहरुले धरौटीको ब्याज पाउने व्यवस्था गर्ने, मर्जर संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने, जतिसक्दो छिटो मलेसिया रोजगारी सुचारु गर्नुपर्ने लगायतका माग राखेका छन् ।

माग पूरा नभए सात दिनसम्म वैदेशिक रोजगारीमा जाने कामदारको उडान बन्द गर्ने व्यवसायीहरुको भनाई छ । पहिलो ध्यानाकर्षण कार्यक्रम गर्दा पनि माग सम्बोधन नभए चरणबद्ध विरोध र संर्घषका कार्यक्रम गर्ने अध्यक्ष गुरुङले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]