May 14th, 2019

मुलुकको आर्थिक विकासका लागि वित्तीय साक्षरता

528288520

निर्जला खड्का/बैंकिङ खबर। वित्तीय साक्षरतालाई सामान्यतय बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा बुझिन्छ । अहिले वित्तीय साक्षरता शब्दे निकै चर्चा पाएको छ । वित्तीय साक्षरतालाई अत्यन्त महत्वपूर्ण रुपमा हेरिएको छ । सरकारी तबरबाट पनि वित्तीय साक्षरता सम्बन्धि विगतदेखिनै कतिपय कार्यक्रमहरु सञ्चालित छन् ।

वित्तीय साक्षरताको मुख्य उद्देश्य जनतालाई बैंक तथा वित्तीय संस्थाको सेवाबारे जानकारी गराउँदै ती सेवा लिन उत्प्रेरित गराउनु हो । यसले देशको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्छ । वित्तीय साक्षरता मार्फत जनतालाई केही काम सुरुवात गर्नका लागि उत्प्रेरणा दिनु पनि आवश्यक छ ।

त्यस्तै किशोरकिशोरीको समग्र विकासका लागि वित्तीय साक्षरता अभिवृद्धिलाई प्राथमिकता दिनु, स्कूल कलेजका पाठ्यक्रम एवं पाठ्यपुस्तकमा वित्तीय साक्षरता सम्बन्धी विषयले प्राथमिकता पाउनु, देशको केन्द्रीय बैंक, वित्तीय क्षेत्र, राष्ट्रिय–अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था र आमसञ्चार माध्यमबाट यस विषयलाई विशेष महत्व दिँदै यसलाई एउटा अभियानकै रूपमा सञ्चालन, विस्तार र प्रवद्र्धन गर्नुले पनि के देखाउँछ भने वित्तीय साक्षरता मुलुकको सर्वाङगीण विकाससँग जोडिएको छ ।

अहिले विभिन्न पेशाकर्मी र व्यवसायीहरु मुद्रामै कारोबार गर्दछन् । आधुनिक अर्थव्यवस्था मुद्रीकरण भइसकेकाले उनीहरु मुद्रामै कारोबार गर्न थालेका हुन् । आय मुद्रामा हुनु र सो आय मुद्रामैं सञ्चय र खर्च पनि हुने गर्दछ । मुद्रा अर्थतन्त्रको मेरुदण्ड नै हो ।

साथै मानिसले वित्तीय शिक्षाबाट साधनको उपयोग र बचत गर्ने सीप प्राप्त गरी कमाउने, बचाउने, खर्च गर्ने, ऋण लिने र लगानी गर्ने जस्ता कार्यहरू सम्पादन गर्न वित्तीय साक्षरता आवश्यक पर्दछ । कम आय हुने व्यक्तिहरु नै वित्तीय साक्षरताको लक्षित समूह हुन् ।

आर्थिक गतिविधि गर्ने सबै मानिसलाई वित्तीय साक्षरताको आवश्यकता भए पनि आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछि परेका वर्गको आर्थिक क्रियाकलापलाई गतिशील दिशामा अघि बढाउनु र उनीहरुलाई वित्तीय पद्धतिको पहुँच पु(याई तिनको आर्थिक जीवनस्तर उकास्नका लागि वित्तीय साक्षरता र आर्थिक पहुँचको कार्यक्रम सञ्चालन गरिन्छ ।

आफ्ना खर्चहरू नियन्त्रण गरी बचत गर्ने, घरमा पैसा नराख्ने, बैंक वा वित्तीय संस्थामा बचत सुरक्षित रहनुका साथै ब्याज पनि आउने भएकोले खाता खोलेकाहरुलाई कर्जा दिन केही सजिलो हुने हुँदा यो साक्षरताले वित्तीय पहुँचसँग सम्बन्ध राख्दछ ।

वित्तीय साक्षरताले विभिन्न वित्तीय उपकरणहरूको उपयोग, सामथ्र्य र सीमाबारे जानकारी प्रदान गर्दछ । समाजमा भईरहेका आर्थिक गतिविधिबारे जानकारी दिन्छ । खासगरी निम्न वर्गका व्यक्तिको आर्थिक अवस्थामा सुधार गर्ने तर्फ केन्द्रित हुने वित्तीय साक्षरताले आर्थिक ज्ञानमा वृद्धि गर्दछ ।

देखासिकी, फजुल खर्च र बनावटी तडकभडकले आर्थिक अवस्थामा नकारात्मक प्रभाव पार्दछ । सामाजिक व्यवहार सुधारबाट आर्थिक परिवर्तन हुन्छ । सामाजिक दुरव्यवाहारबाट आर्थिक क्षेत्रमा समेत असर पर्ने सक्छ ।

अहिले विभिन्न किमिका वित्तीय संस्थाहरु छन् । वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीहरु, लघु वित्त संस्थाहरु, सहकारी संस्था, गैरसरकारी संस्थाहरूबाट पनि वित्तीय साक्षरता सम्बिन्धि विविध कार्यक्रमहरु संचालन गर्दै आएका छन् । जसले गर्दा वित्तीय साक्षरताको महत्व र आवश्यकता झन बृद्धि हुँदै आएको छ भने आर्थिक विकासका लागि पनि वित्तीय साक्षरताले टेवा पुर्याएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]