May 14th, 2019

प्रभु इन्स्योरेन्स र चरक मेमोरियल मेडिकेयर हस्पिटलबिच सम्झौता

बैंकिङ खबर । प्रभु इन्स्योरेन्स र चरक मेमोरियल मेडिकेयर हस्पिटलबिच नगद रहित सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले तथा हस्पिटलको तर्फबाट अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रा.लि.मा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएतापनि बीमालेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]