स्वास्थ्य बीमा : परिवारको लागि फाइदै फाइदा

बैंकिङ खबर ।स्वास्थ्यलाई मानव जीवनको सबैभन्दा ठूलो धनको रुपमा लिइन्छ । सबै मानिसहरुको चाहना हुन्छ स्वास्थ्य र निरोगी हुने तर पनि हाम्रो जीनव न हो बिरामी भइरहेका हुन्छौं । अहिलेको समयमा प्राय सबै मानिहरुले थोरै भएपनि बैंकमा बचत गरेका हुन्छन् । के बैंकको बचतले मात्र निकट भविश्यमा आउन सक्ने स्वास्थ्यको जोखीमलाई न्यूनीकरण गर्न सक्छ ? 

बैंकमा सबै मनिसले भविश्यमा आउने अप्ठ्याराहरुलाई मध्यनजर गरेर कमाएको पैसालाई सुरक्षित गर्ने गरेका हुन्छन् । तर ठूला र डरलाग्दा रोगबाट बच्न बैंकमा बचत गरेको थोरै पैसाले मात्र सम्भव नहुन सक्छ ।  त्यसकारण स्वास्थ्य बीमा गर्यो भने भविश्यमा आर्थिक संकटको सामना गर्नुपर्दैन । 

के हो स्वास्थ्य बीमा ?
नेपालमा वि.सं. २०४० को दशकबाट स्वास्थ्य बीमा सुरु भएको हो । सुरुमा संस्थागत स्वास्थ्य बीमा गरिन्थ्यो । स्वास्थ्य बीमा गरेपछि विरामी पर्दा वा चोट–पटक लाग्दा उपचार खर्च बीमा वापत पाईन्छ । सरकारले पनि सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत वार्षिक २५ सय तिरेपछि ५ जनासम्मको परिवारका सदस्यले ५० हजार सम्म उपचार खर्च पाउछन् । निजी क्षेत्रका बीमा कम्पनीहरुले पनि विभिन्न सुविधा सहितका स्वास्थ्य बीमा योजनाहरु ल्याएको पाईन्छ । 

स्वास्थ्य बीमाबाट कस्तो सुविधा पाइन्छ ?
सरकारले उपलब्ध गराउने सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गतको बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्छन । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सकिन्छ । तर, व्यक्तिगत झै–झगडाका कारण चोटपटक लागेमा, लागु तथा मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गरेमा, कस्मेटिक सर्जरी गरेमा भने यो सेवा पाइँदैन । तर, निजी क्षेत्रका बीमा कम्पनीहरुबाट गरिने स्वास्थ्य बीमाबाट भने बीमा गर्दाको अवस्थामा तोकिएका शर्तहरुका आधारमा बीमा भुक्तानी पाउन सकिन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *