May 13th, 2019

मुद्धति निक्षेपको न्यूनतम सिमा तीन महिना

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले मुद्धति खाताको न्यूनतम समय सिमा निर्धारण गरेको छ । राष्ट्र बैंकले न्यूनतम तीन महिनाको मुद्धति निक्षेपमको समय सिमा तोकेको हो । अब तीन महिनाभन्दा कमको मुद्दति निक्षेप राख्न नपाइने भएको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै तीन महिनामाथि मात्र मुद्दति निक्षेप राख्न पाइने ब्यवस्था गरेको हो।

पछिल्लो समय बैंकहरुले निक्षेप संकलनका लागि एक महिना, दुईमहिनाको लागि पनि मुद्धति खातामा रकम जम्मा गर्दे आएका थिए । राष्ट्र बैंकको यो निर्देशन पछि बैंकहरुले मुद्धति बचतमा तीनमहिना न्यूनतम राख्नुपर्ने छ । राष्ट्र बैंकको यो निर्णयले बैंकिङ तरलतालाई सहयोग पुग्ने विश्वास गरिएको छ । निर्देशनलाई बैंकर्स संघले स्वागतयोग्य भनेको छ ।
केही बैंकले नीतिगत निर्देशन हुनुपर्ने माग समेत गरेका थिए । कम समयका लागि मुद्धति निक्षेप राख्दा तरलतामा अस्थीरता आउनुका साथै बैंकहरुबीच अस्वस्थ्य प्रतिश्प्रधा बढेको थियो ।

के हो मुद्धति खाता
मुद्दती खातामा ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष वा ५ वर्षसम्मको एउटा निश्चित समय अवधि तोकेर रकम जम्मा गरिन्छ । छिटोछिटो पैसा झिक्न नपर्ने अवस्थामा तोकिएको समयसम्म बैंकमै राख्न सकिनेगरी बैंक खाता संचालन गर्नका लागि यो खाता उपयुक्त हुन्छ । यस खातामा राखेको पैसाको ब्याजदर पनि बचत खाताको भन्दा बढी हुन्छ । तर, तोकेको समयभन्दा पहिले नै रकम निकाल्न नमिल्ने हुँदा तोकिएको समयभन्दा अगाडि नै रकम आवश्यक नपर्ने अवस्थामा मात्र यस्तो खातामा रकम जम्मा गर्नु उपयुक्त हुन्छ । अन्यथा तोकिएको समय अगावै रकम आवश्यक परेमा यस्तो खातामा जम्मा गरेको रकमको प्रमाणपत्र धितो राखी ब्याज तिर्नेगरी बैंकबाट कर्जा निकाल्न सकिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]