May 13th, 2019

बैंकिङ खाता : लकर सुविधा किन लिने ? के के छन् फाइदाहरु ?

कसरी लिने लकर सेवा ?
आफ्नो चल्ती वा बचत खाता भएको बैंकमा हामीले लकर सेवा लिन सक्छौँ । बैंकको नियमअनुसार न्यूनतम बचत गरेपछि बैंकले एउटा फारम भर्न दिन्छ । हामीले सो फारम सही तरिकाले भर्नुपर्छ । उक्त फारम बुझाउँदा जसको नामबाट लकर सेवा लिन लागेको हो, उसको नागरिकता वा पासपोर्ट पनि चाहिन्छ । बैंकले फोटो पनि माग्छ । बैंकको नियमअनुसार दुई वटा तीन प्रति फोटो लैजानुपर्छ । यति गरेपछि तपाईँले बैंकबाट लकर सेवा पाउनुहुन्छ । यसरी लकर सेवा लिइसकेपछि वार्षिक रकम बैंकको नियमअनुसार समयमा नै भुक्तान गर्नुपर्छ ।

सुरक्षित माध्यम

हामी सदैव आफूले दुःख गरी कमाएको सम्पत्तिको सुरक्षा चाहान्छौँ । नगद मात्रै नभएर अन्य बहुमूल्य वस्तहरुमा पनि हामीले लगानी गरेका हुन्छौँ । कसैले घर जग्गा किनेका हुन्छन् भने कसैले सुनचाँदी त कसैले सेयरमा लगानी गरेका हुन्छन् । घरजग्गा तथा सेयरसम्बन्धी कागजपत्र, सुनचाँदी जस्ता कुराहरुको सुरक्षाको चिन्ताले हामीलाई सँधै सताइरहन्छ । यस्ता वस्तु घरमा राख्दा चोरी हुने डर हुन्छ । सर्वसाधारणको यसै आवश्यकतालाई महशूस गरी बैंकहरुले लकर सुविधा प्रदान गर्ने गरेका छन् । बैंकहरुले आफ्ना ग्राहकका महत्वपूर्ण कागजात तथा बहुमूल्य वस्तुहरुको सुरक्षाको जिम्मा आफूले लिने र त्यसवापत निश्चित शूल्क लिने गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]