व्यबसायीक तरकारी खेती गर्दै हुनुहुन्छ ? जान्नुहोस् बीमा गर्नुपर्ने कारण र बीमा गर्ने तरीका

बैंकिङ खबर । तरकारी खेती एक नगदे बाली हो । जुन कृषहरुको आम्दानीको स्रोत पनी हो । तर कृषि पेसालाई कसरी व्यवस्थित गर्न सकिन्छ त भन्ने कुरामा कृषकहरु अन्योल मै छन् । आफूले गरेको काममा भई परी आउने क्षतिबाट बच्न के गर्ने भन्ने कुरा कृषकहरुले जान्नु जरुरी देखिन्छ । कुनै पनि व्यवसाय वा कुनै पनि काम आरम्भ गदा भावी दिनमा आउने जोखिमलाई पनि मध्यनजर गर्नुपर्दछ । यद्यपी भोलीको दिनमा आउने जोखिमबाट सुरक्षित रहन सकिन्छ ।

नेपाल कृषी प्रधान देश हो तर, पनि आम मानिसहरुले कृषकहरू प्रति हर्ने दृष्टिकोण फरक रहेको पाइन्छ । कृषि पेसालाई पनि पेशाको रूपमा हेरिनुपर्छ भन्ने धारणा कमै मानिसहरुमा पाइन्छ । अधिकांश नेपाली युवाहरु ग्रामीण क्षेत्रमा बाझो जमिन राखेर होस् वा जग्गा धितो राखेर भए पनि वैदेशिक रोजगारमा पहल गर्ने गरेको तथ्य पछिल्लो समयमा बढ्दो रुपमा पाइन्छ । आखिर कहिलेसम्मको लागि यसरी जग्गालाई प्लटिङ गर्न ? युरोपियन देशहरूमा कृषि पेसालाई जुन किसिमले अघि बढाएको छ । अधिकांश नेपालीहरु विदेशमा गएर आखिर कृषि पेशा नै गर्छन् । तर, आफ्नै देशमा कृषि पेशालाई किन नअपनाउने ?यस्ता विविध कारणले गर्दा पनि अन्य देशको तुलनामा हामी निकै पछाडि छौ भन्ने कुरामा कुनै शंका छैन ।

युवाहरूमा केही शौक्षिक योग्यता हासिल गरिसकेपछि कृषि पेसामा लाग्न हुँदैन भन्ने मान्यताले गर्दा नेपाल कृषि प्रधान देश भएर पनि कृषि पेशाबाट फाइदा लिन नसकेको हो । पढेलेखेका युवाहरुबाट यस्तो साघुरो सोच बदल्न जरुरी छ । शौक्षिक योग्यता हासिल गरेर दश हजार कै जागिर गर्न तयार रहने मानिसहरुले कृषि पेसामा लागेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोच नभएको र कृषि पेशा गरे पनि विभिन्न विपती भएर त्यसबाट हुने क्षेतीको जोखिमले गर्दा पनि कृषि पेशालाई मानिसहरुले नचाहेको होला । हामीहरुले यस्तै समस्याहरुबाट बच्न कृषि बिमा गर्नु जरुरी देखिन्छ ।

कस्ता कस्ता विपतीहरुको क्षतिपुर्ति गर्छ त बीमाले ?
बिशेष गरी तरकारी खेतीको बिमा गर्दा बीमकले बीमाको अवधि भित्र तरकारी खेतीको विवरण तालिकामा उल्लेख भए बमोजिमका तरकारी खेतीको क्षती÷ हानी नोक्सानी भएमा लागत मूल्य अनुसारको क्षतिपुर्ति रकम सम्बन्धित पक्षलाई दिने गर्दछ । बीमकले उक्त अनुसूचीमा उल्लिखित बीमाङक रकमको ९० प्रतिशत रकम बीमितलाई भुक्तानी गर्नछ ।
आगलागी, चट्याङ,
भूकम्प
बाढी ,पहिरो
आँधी, असिना, हिँउ वा तुसारो
आकस्मित, दुर्घटनाजन्य बाह्य कारणहरु
किरा आदिबाट हुने नोक्सानी

तरकारी व्यवसायलाई सुरक्षित र व्यवसायिक बनाउनको लागि पनि कृषकहरुले तरकारी खेतीको बीमा गर्नु उपयुक्त हुन्छ । जसमा सरकारले कृषि क्षेत्रको लागि ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको छ ।
त्यस्तै,समितिले निर्जीबन बीमाको व्यवसाय गर्दै आएका सबै बिमा कम्पनीलाई जिल्ला तोकेरै गाउँ–गाउँमा गएर कृषि बिमा गर्न निर्देशन समेत दिएको छ । यसमा सरकार र बिमा समितिले मात्र नभई कृषक आफलै पनि यस्ता कुरामा बुझनु जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *