Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

अजोड इन्स्योरेन्सले ३६५ दिन नै बीमा सेवा दिने

२०७६ बैशाख २९ गते

बैंकिङ खबर ।अजोड इन्स्योरेन्सले ३६५ दिन नै बीमा सेवा प्रदान गर्ने भएको छ । कम्पनीद्धारा जारी बिज्ञप्तीमा यस बर्षको बैशाख १ गते देखिनै सार्वजनिक बिदा तथा शनिवारका दिन समेत निर्जीवन बीमा सम्वन्धि सम्पुर्ण सेवाहरु उपलब्ध गराइने जनाएको छ ।

आफ्ना ग्राहक तथा सेवा ग्राहीको व्यस्त समयलाई मध्य नजर गर्दै बिदाका दिन समेत कार्यलय सञ्चालन गरी सहज तथा सरल तरिकाबाट बीमालेख जारी गर्ने, बीमाशुल्क भुत्तानी गर्ने, दाबी दर्ता गर्ने तथा अन्य आवश्यक बीमा सेवा लिन सक्ने व्यवस्था मिलाएको बजार बिभाग प्रमुख लक्ष्मण पराजुलीले जनाएका छन् ।