बैंकिङ खबर । सिन्धु बिकास बैंक र युनाइटेड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई लेहस्ताक्षर गरे।
यस सम्झौता पछि सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले युनाइटेड इन्स्योरेन्सका बीमा लेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानीका सम्पुर्ण सुविधाहरु उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सिन्धु बिकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन ।


